सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु | Khabarhub Khabarhub

सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अन्य पाँच जना घाइते भएका छन् ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

कविलासी नगरपालिका–६ जमुनियास्थित भित्री सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा भारतीय नम्बर प्लेट बीआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२ निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो ।

यसैबीच, शुक्रबार सर्लाहीको बागमतीमा तीव्र गतिको मोटरसाइकल म्याजिक भ्यानमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना.१ ज २५०५ नम्बरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको बा. ७४ प ७५३४ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

घाइते हुनेमा हरिवन नगरपालिका–१ केराबारीका २६ वर्षीय विमल राई र हरिवन नगरपालिकाकै वडा नम्बर ८ का विकास भनिने वीरबहादुर राई रहेका प्रहरीले जनाएको छ।

दुवै जनाको हरिवनस्थित नमुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : ३७ बजे

भगवानमाथि प्रश्न ! स्वर्गद्वारीदेखि पाथीभरासम्म

काठमाडौं– पीडितका लागि न्याय माग्ने ‘राम शाहको चौतारो’ जस्तै बन्न

पाथीभरा केबलकार विवादः वार्ता सकारात्मक

काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका

म्याग्देमा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

तनहुँ – म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल

इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए

बागलुङ – बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

जुम्ला – चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा