लगातार अवतार सिरिजहरु « Khabarhub

लगातार अवतार सिरिजहरु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडी आउने नाम हो ‘अवतार’ । यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २.८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरु दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनि डिजनीले पनि महत्वपूर्ण केहि फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतिक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् ।

कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेल सन् २०२२ को डिसेम्बर १६ मा हेर्न पाउने छन् । जेस्म क्यामरुनकै निर्देशनमा बन्ने यो फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतिक्षित छ ।

विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । यस्तै, अवतारको तेस्रो सिरिजलाई सन् २०२४ को डिसेम्बर २० मा रिलिज गर्ने घोषणा निर्माण कम्पनिले गरेको छ । सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनिले गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : ३० बजे

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ