तामिल निर्देशकको फिल्ममा वरुण | Khabarhub Khabarhub

तामिल निर्देशकको फिल्ममा वरुण


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिज, केजिएफपछि पुष्पाले पुनः साउथ इन्डियन फिल्मको बजारलाई बलिउडमा विस्तार गरेको छ ।

साउथ फिल्मलाई लिएर नर्थ इन्डियन दर्शकमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै पछिल्लो समय साउथका फिल्महरु हिन्दी भाषामा हलमै आउने गरेका छन् । केहि अगाडीसम्म हिन्दी भाषामा युट्युबमा आउने फिल्महरु पछिल्लो समय सेम डेटमा हलमा आइरहेका छन् । यसैले गर्दा बलिउडका एक्टरहरु पनि साउथ इन्डियन मेकर्ससँग काम गर्न तत्पर छन् ।

पछिल्लो समय सलमान खानले चिरन्जीवीको फिल्ममा काम गर्दैछन् भने वरुण धवनले पनि भेटघाट बढाएका छन् । थ्रिलर र एक्सन श्रेणीका साउथ इन्डियन फिल्महरु निर्देशन गरिरहेका निर्देशक एटलीसँग वरुणले भेटघाट गर्दै प्रोजेक्टको बारेमा कुराकानी गरेका छन् ।

भारतीय मिडियाले वरुण र निर्देशक एटलीको भेटमा विजय अभिनित सफल फिल्म ’थेरी’ लाई हिन्दीमा रिमेक गर्ने कुराकानी भएको उल्लेख गरेका छन् ।

एटलीकै निर्देशन रहेको ’थेरी’ लाई दर्शकले रुचाएका थिए । त्यसैले वरुण पनि उक्त फिल्म मार्फत एक्सन अवतारमा दर्शक समक्ष आउन चाहन्छन् । वरुण यसका साथै सफल निर्देशक नीतेश तिवारीको फिल्ममा समेत काम गर्दै छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ०० बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका