नेप्सेमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०७ अङ्कले उकालो लागेर दुई हजार ६३४.६५ मा पुगेको छ । 

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सन्सेटिभ परिसूचक १.९२ अङ्कले उकालो लागेर ४९६.३० मा उक्लेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर रु दुई अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ मूल्यमा कारोबार भयो ।

    नेप्सेका अनुसार सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १३.६१ र अन्य ४२.१३ अङ्कले ओरालो लागेको छ । 

    त्यस्तै, बैंकिङ ५.९२, व्यापार ३५.२५, विकास बैंक १३३.९६, जलविद्युत् ८३.६७, वित्त ५६.०४, निर्जीवन बीमा ४६.२९, उत्पादन ३४.८१, लघुवित्त ३३.३७, जीवन बीमा १७२.३५, सामूहिक लगानी ०.०९ र लगानी ०.९२ अङ्कले उकालो लागेको छ ।

    सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३५ अर्ब ३५ करोड ३५ लाख ९० हजार ६८८ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९४ लाख ५७ हजार २२९ बराबरको कारोबार भयो ।

    यस्तै, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड २३ लाख ३९ हजार ११९, जीवन विकास लघुवित्त रु नौ करोड छ लाख ४४ हजार ५४२, अपी पावर कम्पनी रु नौ करोड दुई लाख ५९ हजार र शिवम् सिमेन्ट रु आठ करोड ७३ लाख ६६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९८, ङादी ग्रुप अफ पावर ७.६७, माउन्टेन हाइड्रो नेपाल ६.७४, कर्णाली डेभलपमेन्ट बैंक ६.४९ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.५७ प्रतिशतले कमाए ।

    त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी २.९७, नबिल डिवेञ्चर दुई, एनआइबिएल समृद्धि फन्ड दोस्रो १.९६, एनआइबिएल प्रगति फन्ड १.९३ र सिटिजन म्युचुअल फन्ड दोस्रोका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ५८ बजे

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ