के छायांकनका लागि आउँदैछन् सलमान ?  « Khabarhub

के छायांकनका लागि आउँदैछन् सलमान ? 


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सलमान खानको फ्यान नेपालमा पनि उत्तिकै छन् । उनी नेपाल आउने चर्चा भएता पनि अझै आएका छैनन् । केहि समय अगाडि उनको सांगीतिक टुर नेपालमा हुने भनिएता पनि अन्तिम समयमा रोकिएको थियो । 

यस्तै, एक विदेशी अवार्ड शो पनि नेपालमा आयोजना हुने तयारीमा थियो । तर तिव्र विरोध भएपछि अन्तिम समयमा त्यो पनि रोकियो । यी, यस्तै विविध कारणले नेपाल आउने मेसो नमिलेको सलमान अब मे अर्थात जेठ महिनामा नेपाल आउने भएका छन् । उनको प्रतिक्षित फिल्म ’टाइगर ३’ को केहि दृश्य छायांकनको लागि सलमान नेपाल आउने चर्चा बढेको छ । 

उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुन् सक्ने बताइएको छ । यद्दपी यसबारे आधिकारिक रुपमा केहि बताइको छैन । फिल्ममा सलमानले स्पाइ एजेन्ट टाइगर अर्थात् अभिनास सिंह राठौरको भूमिका निर्वाह गरेका छन् । उनको फिल्मको छायांकन धेरै देशमा गरिएको छ । यसैले गर्दा केहि दृश्य नेपालको पनि छायांकन गर्न सक्ने बुझिएको छ । यद्दपी यस विषयमा आधिकारिक रुपमा कसैले प्रतिक्रिया दिएका छैनन् । 

त्यसो त केहि समय अगाडी राम चरण र उनका पिता चिरन्जीवी पनि फिल्म छायांकनको लागि नेपाल आउने चर्चा चलेको थियो । यद्दपी उनीहरु अझै लोकेसन हेर्न पनि नेपाल आएका छैनन् । तर, भारतमा छायांकन नसकिएको कारण आउन ढिलाई भएको फिल्मको नेपाल व्यवस्थापन हेरिरहेका एक सदस्यले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण