के छायांकनका लागि आउँदैछन् सलमान ?  | Khabarhub Khabarhub

के छायांकनका लागि आउँदैछन् सलमान ? 


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सलमान खानको फ्यान नेपालमा पनि उत्तिकै छन् । उनी नेपाल आउने चर्चा भएता पनि अझै आएका छैनन् । केहि समय अगाडि उनको सांगीतिक टुर नेपालमा हुने भनिएता पनि अन्तिम समयमा रोकिएको थियो । 

यस्तै, एक विदेशी अवार्ड शो पनि नेपालमा आयोजना हुने तयारीमा थियो । तर तिव्र विरोध भएपछि अन्तिम समयमा त्यो पनि रोकियो । यी, यस्तै विविध कारणले नेपाल आउने मेसो नमिलेको सलमान अब मे अर्थात जेठ महिनामा नेपाल आउने भएका छन् । उनको प्रतिक्षित फिल्म ’टाइगर ३’ को केहि दृश्य छायांकनको लागि सलमान नेपाल आउने चर्चा बढेको छ । 

उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुन् सक्ने बताइएको छ । यद्दपी यसबारे आधिकारिक रुपमा केहि बताइको छैन । फिल्ममा सलमानले स्पाइ एजेन्ट टाइगर अर्थात् अभिनास सिंह राठौरको भूमिका निर्वाह गरेका छन् । उनको फिल्मको छायांकन धेरै देशमा गरिएको छ । यसैले गर्दा केहि दृश्य नेपालको पनि छायांकन गर्न सक्ने बुझिएको छ । यद्दपी यस विषयमा आधिकारिक रुपमा कसैले प्रतिक्रिया दिएका छैनन् । 

त्यसो त केहि समय अगाडी राम चरण र उनका पिता चिरन्जीवी पनि फिल्म छायांकनको लागि नेपाल आउने चर्चा चलेको थियो । यद्दपी उनीहरु अझै लोकेसन हेर्न पनि नेपाल आएका छैनन् । तर, भारतमा छायांकन नसकिएको कारण आउन ढिलाई भएको फिल्मको नेपाल व्यवस्थापन हेरिरहेका एक सदस्यले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०७ बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग