भारतीय मूलकी शेफाली नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त « Khabarhub

भारतीय मूलकी शेफाली नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय मूलकी शेफाली रज्दान दुग्गललाई नेदरल्याण्ड्सका लागि राजदूत नियुक्त गरेका छन् । यसअघि डेमोक्र्याटिक राष्ट्रिय समितिको आर्थिक उपप्रमुख रहिसकेकी शेफालीलाई नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।

दुई सन्तानकी आमा उनी अनुभवी राजनीतिक अभियन्ता, महिला अधिकारवादी एवम् मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील रहेको ह्वाइट हाउसले जनाएको छ ।

यसबाहेक उनी मानव अधिकारवादी संगठन ह्युमन राइट्स वाचको सन फ्रान्सिस्को समिति सदस्य समेत रहेको बताइएको छ ।

उनी यसअघिका डेमोक्र्याट उम्मेदवारहरू बाराक ओबामा र हिलारी क्लिन्टनको राष्ट्रपतीय अभियानमा पनि सक्रिय थिइन् ।

फ्लोरिडाको मियामी विश्वविद्यालयमा आम सञ्चार विषयको अध्ययन गरेकी उनले न्यूयोर्क विश्वविद्यालयबाट राजनीतिक सञ्चार विषयमा स्नातकोत्तर गरेकी छिन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०३ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष