फेसबुक र इन्स्टाग्रामले नेपाली गीतलाई रोयल्टी दिने « Khabarhub

फेसबुक र इन्स्टाग्रामले नेपाली गीतलाई रोयल्टी दिने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय गीत संगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । विशेषत भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीत संगीतको भिडियो देख्न पाइन्छ ।

यस्तै फेसबुक र इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालमा गीतहरु हेर्न पाइन्छ । यद्दपी अब त्यहाँ बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’ मा संगीत रोयल्टी संकलन समाज र मेटाबीच मार्च १६ मा सम्झौता भएसँगै सर्जकले रोयल्टी पाउने भएका हुन् ।

सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् । मेटाका संगीत रणनीति अभियान विभाग हेर्ने माइकल किङ र समाजको तर्फबाट प्रमुख सूचना प्रविधि अधिकृत मंगेश दत्तबीच सम्झौता भएको हो । अबदेखि फेसबुक र इन्स्टाग्रामसहित मेटाका सबै प्लेटफर्ममा प्रयोग हुने नेपाली गीत संगीतले पनि रोयल्टी पाउने छन् ।

फेसबुक र इन्स्टाग्रामका स्टोरी, टाइमलाइन, रिल्सदेखि सबै फिचरमा अपलोड हुने गीतबाट रोयल्टी आउने रोयल्टी सङ्कलन समाजले जनाएको छ । साथै, भारतीय म्युजिक प्लेटफर्म गाना, सावनजस्ता एपसँग पनि समाजले रोयल्टी सम्झौता गरेको छ । रोयल्टी पाउन भने सर्जकले रोयल्टी सङ्कलन समाजमा गीत दर्ता गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५० बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर