फेसबुक र इन्स्टाग्रामले नेपाली गीतलाई रोयल्टी दिने « Khabarhub

फेसबुक र इन्स्टाग्रामले नेपाली गीतलाई रोयल्टी दिने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय गीत संगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । विशेषत भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीत संगीतको भिडियो देख्न पाइन्छ ।

यस्तै फेसबुक र इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालमा गीतहरु हेर्न पाइन्छ । यद्दपी अब त्यहाँ बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’ मा संगीत रोयल्टी संकलन समाज र मेटाबीच मार्च १६ मा सम्झौता भएसँगै सर्जकले रोयल्टी पाउने भएका हुन् ।

सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् । मेटाका संगीत रणनीति अभियान विभाग हेर्ने माइकल किङ र समाजको तर्फबाट प्रमुख सूचना प्रविधि अधिकृत मंगेश दत्तबीच सम्झौता भएको हो । अबदेखि फेसबुक र इन्स्टाग्रामसहित मेटाका सबै प्लेटफर्ममा प्रयोग हुने नेपाली गीत संगीतले पनि रोयल्टी पाउने छन् ।

फेसबुक र इन्स्टाग्रामका स्टोरी, टाइमलाइन, रिल्सदेखि सबै फिचरमा अपलोड हुने गीतबाट रोयल्टी आउने रोयल्टी सङ्कलन समाजले जनाएको छ । साथै, भारतीय म्युजिक प्लेटफर्म गाना, सावनजस्ता एपसँग पनि समाजले रोयल्टी सम्झौता गरेको छ । रोयल्टी पाउन भने सर्जकले रोयल्टी सङ्कलन समाजमा गीत दर्ता गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५० बजे

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस