ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रासः उद्योगी व्यवसायी | Khabarhub Khabarhub

ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रासः उद्योगी व्यवसायी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीचको अन्तर्क्रियामा चेम्बरका अध्यक्ष मल्लले तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिनुका साथै ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएका बताएका हुन् ।

उनले पछिल्लो परिस्थितिका कारण समस्त निजी क्षेत्रले साझा अवधारणा लिएर अगाडि बढ्नुपर्ने पनि बताए ।

अध्यक्ष मल्लले वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो सस्था भएको भन्दै व्यावसायिका हक हितका विषयमा एकमत रहनुपर्ने बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यवसायीहरूका चुनौतीहरू साझा रहेको भन्दै सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरू मारमा परेको बताए ।

कार्यक्रममा चेम्बरका उपाध्यक्ष दीपक श्रेष्ठ, महानिर्देशक कैलाशकुमार बजिमय, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ४० बजे

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए

काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता

काठमाडौं– नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन

देशमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ 

काठमाडौं– रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य