नेपालमा बढ्दो साउथ फिल्मको क्रेज | Khabarhub Khabarhub

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्ल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्महरुको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भइरहेका दर्शकहरुलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । पछिल्लो रिलिज फिल्म पुष्पापछि हरेक हप्ता साउथ इन्डियन हिन्दी फिल्महरु नेपाल आउन थाले ।

बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको बुकिङ नेपालमा सोमबार नै खुलेको यो पहिलो हुनसक्छ ।

प्राय बुधबार बुकिङ खोलिने भएता पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल संचालकहरु दर्शक माँझ प्रतिक्षित रहेको फिल्महरु प्राय छिटै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकेट बुकिङमा टिकेटनै खरिद गर्नु पर्ने हुन्छ ।

टिकेट नै खरिद गर्नु पर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरुमा शोहरु शुक्रबार अगाडी नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको लत लगाउने निर्देशक राजमौलीकै फिल्म ’आरआरआर’ रिलिज हुने भएकोले पनि नेपालमा यसको क्रेज बढेको हो ।

थ्री डी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्स अन्तर्गतका उपत्यका तथा मोफसलका हलहरुमा ४७ शो पाएको छ । यस्तै , क्युएफएक्स अन्तर्गतकै टू डी प्रविधिमा यसले १८ शो पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन भने, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ७ शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा ७ शो, आइएनआइ सिनेमा अन्तर्गत लोत्सेमलमा ८ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो रहेको छ ।

नेपालमा फिल्म वितरणको अधिकार खरिद गरेको वितरण कम्पनि ए एट (ब्ड) फिल्म्सले अहिलेसम्मकै महँगो रकममा ल्याइएको कम्पनिका वितरण प्रमुख नविन शाक्यले बताए । यद्दपी उनले रकम खुलाउन चाहेनन् । ’फिल्मको लम्बाई ३ घण्टा रहेकाले पनि केहि शो घटेका छन् । यद्दपी आउँदो शुक्रबारसम्म शो बढ्ने छ किनकी सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन् ’ नविनले भने ।

लागत ४ सय करोड बढी भएको कारण पनि आरआरआर चर्चामा छ । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ३९ बजे

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै

अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु,

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका

प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल