नेकपाले जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज कहिले टुंग्याउँला ? « Khabarhub

नेकपाले जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज कहिले टुंग्याउँला ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको श्रेष्ठले बताए । ‘बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो’, उनले भने, ‘इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ ।बिहीबार बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बुधबार नै टुंग्याउने भनिएको जिल्ला इञ्चार्ज र सहइञ्चार्जको विषय आज टुंग्याउने श्रेष्ठले बताए ।

नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ । गत वर्ष जेठ ३ गते पार्टी एकता भएपनि नेकपाको सम्पूर्ण एकता प्रक्रियाका काम टुंग्याउन बाँकी छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : ५१ बजे

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक