नेकपाले जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज कहिले टुंग्याउँला ? | Khabarhub Khabarhub

नेकपाले जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज कहिले टुंग्याउँला ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको श्रेष्ठले बताए । ‘बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो’, उनले भने, ‘इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ ।बिहीबार बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बुधबार नै टुंग्याउने भनिएको जिल्ला इञ्चार्ज र सहइञ्चार्जको विषय आज टुंग्याउने श्रेष्ठले बताए ।

नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ । गत वर्ष जेठ ३ गते पार्टी एकता भएपनि नेकपाको सम्पूर्ण एकता प्रक्रियाका काम टुंग्याउन बाँकी छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : ५१ बजे

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके– बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा- मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको