युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी « Khabarhub

युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए ।

रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै बाइडेनले भने, ‘उनी जति भित्तामा पुग्छन्, उति नै घातक हमला गर्नेछन् ।’ उनले रुसले युक्रेनमा रासायनिक हतियार पनि प्रयोग गर्नसक्ने आशंका व्यक्त गरे ।

युक्रेनी फौजले आक्रमणकारी रुसी सेनालाई ध्वस्त पारेको दाबी गर्दै बाइडेनले युक्रेन आक्रमणमा सुस्त भएका कारण पुटिनको व्यग्रता बढ्दै गइरहेको समेत बताए ।

अमेरिकाले लगाएको प्रतिबन्धको बदला लिन रुसले साइबर आक्रमण गर्नसक्ने भन्दै यसका लागि तयार रहन समेत आह्वान गरे । ‘मेरो विचारमा उनले साइबर उपकरण्को प्रयोग गर्नेछन् – साइबर आक्रमण ।’ उनले भने, ‘उनीहरूसँग निकै परिष्कृत साइबर क्षमता छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १ : ४३ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध