अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने « Khabarhub

अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाइने घोषणा गरेको हो ।

‘संयुक्त राज्य अमेरिका जनगणतन्त्र चीनका अधिकारीहरूले जोखिममा परेका मानिसहरको पक्षमा बोल्ने अमेरिकी नागरिक र विदेशमा शरण लिन चाहनेसमेत जातीय र धार्मिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई तर्साउने, हरण गर्ने, सताउने र निगरानी गर्ने प्रयासहरूको निन्दा गर्दछ ।’ चीनलाई उसको आधिकारिक नामबाट सम्बोधन गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ, ‘हामी विश्वभर मानव अधिकारको रक्षाका लागि प्रतिबद्ध छौँ र जवाफदेहितालाई प्रोत्साहन गर्न सबै कूटनीतिक एवम् आर्थिक कदम चाल्नेछौँ ।’

विदेश मन्त्रालयले यस्ता किसिमका चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाइने जनाएको छ । विदेश मन्त्रालयले उइग्युर अल्पसङ्ख्यक मुसलमान विरुद्धको दमन रोक्न समेत आह्वान गरेको छ ।

यद्यपि विदेश मन्त्रालयले प्रतिबन्ध लगाएको भनिएका मानिसहरूको पहिचान भने खुलाएको छैन । ‘अमेरिकी कानून अनुसार हरेक भिसा अभिलेख गोप्य राखिन्छन् र यसबारे हामी विस्तृत विवरण दिन सक्दनौं ।’ विदेश मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ०६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ