विवादमा ’के घर के डेरा’ « Khabarhub

विवादमा ’के घर के डेरा’


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की । अझ यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन । सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो ।

फिल्मका टिमले गर्दा यो फिल्मबाट आशावादी हुने धेरै ठाउँ थिए । फिल्ममा दया र विपिनसँगै वर्षा राउत पनि रहने भएपछि राम्रै चर्चा भयो । यद्दपी फिल्म अब भने बन्ने या नबन्ने टुङ्गो छैन । कोरोना भाइरसको महामारीका कारण ढिलाई भएको फिल्मका निर्देशक सुव्रत आचार्यले हात झिकेसँगै फिल्म बन्नेमा अझैँ अन्यौलता बढेको हो ।

निर्देशक सुव्रतले केहि साता अगाडी मात्र चलचित्र विकास बोर्डमा आफु फिल्मसँग नरहेको लिखित रुपमै जानकारी गराइसकेका छन् । यद्दपी फिल्म बन्ने घोषणा हुने समयमा डिजिटल राइट्स वापत निर्माताले बुढासुब्बा डिजिटलबाट पेश्की लिएका थिए । फिल्म नबन्ने भएपछि बुढासुब्बाका संचालक नवराज गिरीले प्रहरीमा उजुरी दिएर आफ्नो हर्जाना लिने तयारीमा छन् । डिजिटल राइट्स दिने भन्दै फिल्म टिमले १० लाख रुपैयाँ पेश्की लगेको तर २ बर्षसम्म पनि फिल्म नबन्ने अवस्था आएपछि उनी प्रहरी गुहार्ने तयारीमा छन् ।

उनले आफु न्याय खोज्दै प्रहरीको जान लागेको बताए । ’कोभिड अगाडी घोषणा भएका फिल्महरुलाई डिजिटल राइट्स वापत पेश्की दिएका थियौँ ।अहिले ती फिल्महरु नबन्ने तयारीमा छन्, केहि त सम्पर्कमा समेत छैनन् । त्यसैले न्याय गुहार्दै प्रहरी समक्ष जाने तयारीमा छु’ बुढासुब्बाका संचालक नवराज गिरीले भने । उनले त्यस्ता फिल्म टिम ७/८ जना रहेको समेत खुलाए । ’म नाम सार्वजनिक गर्ने भन्दा पनि कानुनी उपाए मै अगाडी बढ्छु’ गिरीले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको