द कश्मीर फाइल्स : अन्य भाषामा पनि रिलिज हुने « Khabarhub

द कश्मीर फाइल्स : अन्य भाषामा पनि रिलिज हुने


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ को चर्चा दिन प्रतिदिन बढ्दो छ । फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको फिल्मले दोस्रो साताको सुरुवात बाटै राम्रो व्यापार गरिरहेको छ ।प्रदर्शन 

 फिल्मले दोस्रो साताको पहिलो दिन शुक्रबार १९ करोड १५ लाख, दोस्रो दिन शनिबार २४ करोड ८० लाख, तेस्रो दिन आइतबार फिल्मले २६ करोड २० लाख र चौथो दिन सोमबार १२ करोड ४० लाखको व्यापार गर्दै अहिलेसम्म १ सय ७९ करोड ८५ लाख भारुको व्यापार बक्स अफिसमा गरिसकेको छ । 

फिल्मले यो व्यापार हिन्दी भाषामा मात्र गरेको छ । यो रफ्तारले फिल्मको व्यापार तीन सय करोड आसपासमा हुने अनुमान भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरुले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । यो फिल्म प्रति दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु , मलयालम, कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरुमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ । 

पछिल्लो समय ओटीटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कम्जोर भइरहेको समयमा समिक्षावर्ड अफ माउथकै कारण ’द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरुप दिएको हो । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठुला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् ।

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरु, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ । कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा हाउसफूलका साथ चलिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ६४१ सवारीचालक चालकलाई

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला– खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा