अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या « Khabarhub

अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा पाकिस्तानी मूलका एकजना विद्यार्थीको हत्या भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरमा उनको हत्या भएको हो । उनलाई दुई अज्ञात व्यक्तिले पटक–पटक छुरा धसेको बताइएको छ ।

उनी राइड शेयरिङ सवारी चालकको रुपमा समेत पार्ट टाइम काम गर्दै आएका थिए । मलबर्नस्थित पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिको नाम हसन अहमद रहेको जनाएको छ ।

छुरा धसेपछि उनलाई अस्पताल लगिएको र अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको दुबईबाट प्रकाशित हुने खलिज टाइम्सले जनाएको छ । हत्याराहरुको खोजी भइरहेको र हत्याबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

मेलबर्नको पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिका परिवारको सम्पर्कमा रहेको र आवश्यक सहयोग तथा जानकारी उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ४२ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर