बेसीशहर नगरपालिकाको मनास्लु सडक कालोपत्रे | Khabarhub Khabarhub

बेसीशहर नगरपालिकाको मनास्लु सडक कालोपत्रे


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीशहर नगरपालिका-७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयको ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो ।

मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो ।

सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवातजावत गर्न समस्या थियो । धुलो हुँदा मुख छोपेर हिँड्नुपर्ने र हिलो हुँदा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यता थियो । अहिले सडक कालोपत्रे भएपछि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष रत्नकुमारी गुरुङले बताइन्।

सडकको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए ।

उपमेयर लक्ष्मीदेवी अधिकारीले नागरिकले थालेको काममा नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : १४ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी