सलमानसँग मन्त्री आलेको ७ मिनेट संवाद : फिल्मी गफदेखि पर्यटन प्रवर्द्धनसम्मको कुराकानी  « Khabarhub

सलमानसँग मन्त्री आलेको ७ मिनेट संवाद : फिल्मी गफदेखि पर्यटन प्रवर्द्धनसम्मको कुराकानी 


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच बुधवार भर्चुअल संवाद भएको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ को शिलशिलामा भएको भर्चुअल संवादमा फिल्मी गफ पनि भएको हो । मन्त्री आलेले ७ मिनेटको समयमा पर्यटन, फिल्मीसँगै नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश समेत दिएका छन् ।

सन् १९८८ मा आफू मुम्बईमै रहेको भन्दै मन्त्री आलेले बिबी होतो एसी र मेने प्यार किया फिल्म हेरेको र मन परेको सलमानलाई बताए । ‘मेरो पिता मुम्बईको रेल्वेमा काम गर्नु हुन्थ्यो । त्यहाँ रहँदा मैंले तपाईंको दुई फिल्म हेरेको थिएँ । मलाई तपाईंको तेरेनाम पनि निकै मन पर्छ’ मन्त्री आलेले भने । सलमानले पनि आफ्नो फिल्म रुचाएकोमा धन्यवाद दिँदै आउँदो फिल्महरुलाई पनि माया गरिदिन आग्रह गरे । उनले नेपाल आएको सम्झिए ।

‘मेरो एक फिल्म बुलन्द नेपालमा छायांकन भएको थियो । तर, त्यो पुरा बनेन । त्यसपछि नेपाल आउने संयोग नै जुरेन । तर, अब आउने कुराले म उत्साहित छु’ सलमानले भने । सँगै मन्त्री आलेले नेपाल कोभिडबाट सुरक्षित रहेको भन्दै सबैले खोपको तेस्रो डोज समेत लगाइसकेको जनाए । ‘कोभिड पश्चात हामी तपाईंको कार्यक्रम पश्चात नै पर्यटन प्रवर्द्धन हुनेमा विश्वस्त छु’ मन्त्री आलेले भने । उनले सलमानलाई सगरमाथालाई माउन्टेन फ्लाइट मार्फत अवलोकन गर्न र एभेरेष्टमा ब्रेक फास्ट गर्न आग्रह गरे । ‘तपाईंको समय मिलाउनु भयो भने म तपाईंलाई विश्वकै अग्लो शिखर सगरमाथा फ्लाइट मार्फत घुमाएर त्यहाँ खाजा खुवाउन चाहन्छु’ मन्त्री आलेले प्रस्ताव गरे ।

मन्त्री आलेको प्रस्तावमा सलमानले सहमति जनाउँदै ‘हुन्छ’ भने । साथै, मन्त्री आलेले नेपाल सुन्दर देश रहेको भन्दै सलमानलाई आफ्नो शो , म्युजिक भिडियो तथा फिल्म छायांकन गर्न पनि आग्रह गरे । जवाफमा सलमानले पनि फिल्मको डिमाण्ड भएमा आफूले त्यो गर्ने बताए । ‘तपाईंले निम्तो दिनु भएको छ । मैंले गर्ने फिल्मको संयोग मिलेमा अवश्य म त्यहाँ छायांकन गर्नेछु’ सलमानले भने । उनले नेपाल आएर खुसि बाड्न र मनोरञ्जन दिन आफू आतुर रहेको बताए । सलमानले गरेको सात मिनेटको भर्चुअल संवादमा मन्त्री आलेले ‘फिल्मसँगै पर्यटन प्रवर्द्धन ’बारे छलफल गरे ।

 ‘दबङ रिलोडेड टुर’ मा सलमानसँगै सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज, प्रभु देवा, गुरू रान्ध्वा, आयुष शर्मा, मनिष पौल लगायतका भारतीय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । त्यसअघि झन्डै डेढ घण्टाको समयमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने ओडीसी इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सिमान्त गुरुङले बताए ।

अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ सिमान्तसँगै तेन्जिङ सिमिजु, राजिभ श्रेष्ठ, रबिन गुरुङ लगायतका व्यवसायीको सहकार्यमा हुन लागेको हो । यसअघि पनि ओडीसीले क्यानेडियन पप गायक ब्रायन एडम्स, डेनिस ब्याण्ड एमएलटीआर, गायक आतिफ असलमलाई नेपाल ल्याएर कन्सर्ट गरिसकेको छ । ओडीसीका प्रवन्धक निर्देशक गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए ।  कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजारको टिकेट रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ०९ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम