सलमानसँग मन्त्री आलेको ७ मिनेट संवाद : फिल्मी गफदेखि पर्यटन प्रवर्द्धनसम्मको कुराकानी  | Khabarhub Khabarhub

सलमानसँग मन्त्री आलेको ७ मिनेट संवाद : फिल्मी गफदेखि पर्यटन प्रवर्द्धनसम्मको कुराकानी 


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच बुधवार भर्चुअल संवाद भएको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ को शिलशिलामा भएको भर्चुअल संवादमा फिल्मी गफ पनि भएको हो । मन्त्री आलेले ७ मिनेटको समयमा पर्यटन, फिल्मीसँगै नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश समेत दिएका छन् ।

सन् १९८८ मा आफू मुम्बईमै रहेको भन्दै मन्त्री आलेले बिबी होतो एसी र मेने प्यार किया फिल्म हेरेको र मन परेको सलमानलाई बताए । ‘मेरो पिता मुम्बईको रेल्वेमा काम गर्नु हुन्थ्यो । त्यहाँ रहँदा मैंले तपाईंको दुई फिल्म हेरेको थिएँ । मलाई तपाईंको तेरेनाम पनि निकै मन पर्छ’ मन्त्री आलेले भने । सलमानले पनि आफ्नो फिल्म रुचाएकोमा धन्यवाद दिँदै आउँदो फिल्महरुलाई पनि माया गरिदिन आग्रह गरे । उनले नेपाल आएको सम्झिए ।

‘मेरो एक फिल्म बुलन्द नेपालमा छायांकन भएको थियो । तर, त्यो पुरा बनेन । त्यसपछि नेपाल आउने संयोग नै जुरेन । तर, अब आउने कुराले म उत्साहित छु’ सलमानले भने । सँगै मन्त्री आलेले नेपाल कोभिडबाट सुरक्षित रहेको भन्दै सबैले खोपको तेस्रो डोज समेत लगाइसकेको जनाए । ‘कोभिड पश्चात हामी तपाईंको कार्यक्रम पश्चात नै पर्यटन प्रवर्द्धन हुनेमा विश्वस्त छु’ मन्त्री आलेले भने । उनले सलमानलाई सगरमाथालाई माउन्टेन फ्लाइट मार्फत अवलोकन गर्न र एभेरेष्टमा ब्रेक फास्ट गर्न आग्रह गरे । ‘तपाईंको समय मिलाउनु भयो भने म तपाईंलाई विश्वकै अग्लो शिखर सगरमाथा फ्लाइट मार्फत घुमाएर त्यहाँ खाजा खुवाउन चाहन्छु’ मन्त्री आलेले प्रस्ताव गरे ।

मन्त्री आलेको प्रस्तावमा सलमानले सहमति जनाउँदै ‘हुन्छ’ भने । साथै, मन्त्री आलेले नेपाल सुन्दर देश रहेको भन्दै सलमानलाई आफ्नो शो , म्युजिक भिडियो तथा फिल्म छायांकन गर्न पनि आग्रह गरे । जवाफमा सलमानले पनि फिल्मको डिमाण्ड भएमा आफूले त्यो गर्ने बताए । ‘तपाईंले निम्तो दिनु भएको छ । मैंले गर्ने फिल्मको संयोग मिलेमा अवश्य म त्यहाँ छायांकन गर्नेछु’ सलमानले भने । उनले नेपाल आएर खुसि बाड्न र मनोरञ्जन दिन आफू आतुर रहेको बताए । सलमानले गरेको सात मिनेटको भर्चुअल संवादमा मन्त्री आलेले ‘फिल्मसँगै पर्यटन प्रवर्द्धन ’बारे छलफल गरे ।

 ‘दबङ रिलोडेड टुर’ मा सलमानसँगै सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज, प्रभु देवा, गुरू रान्ध्वा, आयुष शर्मा, मनिष पौल लगायतका भारतीय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । त्यसअघि झन्डै डेढ घण्टाको समयमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने ओडीसी इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सिमान्त गुरुङले बताए ।

अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ सिमान्तसँगै तेन्जिङ सिमिजु, राजिभ श्रेष्ठ, रबिन गुरुङ लगायतका व्यवसायीको सहकार्यमा हुन लागेको हो । यसअघि पनि ओडीसीले क्यानेडियन पप गायक ब्रायन एडम्स, डेनिस ब्याण्ड एमएलटीआर, गायक आतिफ असलमलाई नेपाल ल्याएर कन्सर्ट गरिसकेको छ । ओडीसीका प्रवन्धक निर्देशक गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए ।  कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजारको टिकेट रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ०९ बजे

थिमीको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर – दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

कामाडौँ – पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति