मालीमा हिंसात्मक घटनामा कमी आएन « Khabarhub

मालीमा हिंसात्मक घटनामा कमी आएन


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्षको पछिल्लो छ महिनामा पश्चिम अफ्रिकी मुलुक मालीमा कम्तिमा ८ सय ८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन मिनुस्माले प्रकाशित गरेको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ ।

दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । आतंककारी संगठन अल कायदासँग आबद्ध जमआत नस्रत अल–इस्लाम वाल मुस्लिमिन जस्ता हिंसात्मक समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनका घटनामा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

प्रतिवेदनअनुसार हिंसात्मक घटना मालीको मध्य भागमा पर्ने विशेषगरी बन्डियागरा, डोएन्ट्जा, मोप्टी, गाओ, टिम्बुक्टू जस्ता क्षेत्रहरूमा किन्द्रित थियो । सन् २०१२ मा देशको उत्तरमा तुआरेग विद्रोह शुरु भएयता मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ ।

पृथकतावादी विद्रोह, इस्लामिक अतिवादीको जिहादी आक्रमण र अन्तर सामुदायिक हिंसाका कारण हालसम्म हजारौंको ज्यान गएको छ भने अरु हजारौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ४० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा