नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन्: भुवन केसी « Khabarhub

नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन्: भुवन केसी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता भुवन केसीले नेपाल सरकारको व्यवहार नेपाली फिल्मकै लागि सम्मानजनक नरहेको गुनासो गरेका छन् । नेपाली फिल्म मैत्री नीति नहुँदा त्यसको मारमा नेपाली फिल्म पर्ने गरेको उनले गुनासो गरेका हुन् ।

’नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन् । किनकि नेपाल सरकारको मायालु र मितव्ययी दृष्टिकोण आफ्नै फिल्मलाई छैन’ भुवनले भने । ’ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका अभिनेता केसीले नेपाली फिल्म अब विदेशी फिल्मसँग नडराई भिड्ने बताए । उनले यसको सुरुवात ’ए मेरो हजुर ४’ ले गरेको हुँदा यसमा सबैलाई साथ दिन आग्रह गरे ।

कोरोना महामारी पश्चात् थालिएको फिल्म क्षेत्र चलायमान भइरहेको समयमा सबैको साथ आवश्यक रहेकोमा उनले जोड दिए । ’अब हाम्रो नेपाली फिल्म ठूला विदेशी फिल्मसँग लड्ने छन् । हाम्रो कलाकार र प्राविधिक पनि लड्ने छन् । हामीलाई दर्शकको झैँ नेपाल सरकारको पनि नेपाली फिल्म मैत्री नीति सहितको साथ चाहिएको छ’ भुवनले भने । उनले विदेशी फिल्मसँग नेपाली फिल्म नेपालमै असुरक्षित महसुस गर्नु दुखद रहेको प्रतिक्रिया दिए ।

’हामीले यहीँ नेपाली फिल्म राम्रोसँग चलाउन पाएनौ भने अब के हुन्छ ?’ उनले प्रतिप्रश्न गरे । उनले अब आउँदो समयमा अन्य फिल्मले पनि विदेशी फिल्मसँग भिड्ने आट गर्ने विश्वास व्यक्त गरे । ’सुरुवात ए मेरो हजुर ४ ले गरेको छ । यसलाई सबैले साथ दिनुपर्छ । किनकि आउने समयमा हामीले अझै फाइट गर्नु छ’ उनले भने । भुवनले यो लडाई मा दर्शक झैँ नेपाली वितरक र प्रदर्शकलाई पनि साथ दिन आग्रह गरे ।

नेपाली फिल्मलाई अगाडी बढाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनको विशेष जोड रहेको थियो । वैशाख १ गते नेपाली फिल्मका लागि राम्रो डेट मानिन्छ । यद्यपि सोही डेटमा विदेशी फिल्महरू आउने भएपछि नेपाली फिल्मलाई शोमा तल पार्न नहुने आवाज उठिरहेको छ । काठमाडौँमा कार्यक्रम गर्दै सार्वजनिक गरिएको फिल्म ’ए मेरो हजुर ४’ ट्रेलर मुख्य पात्र अनमोल केसी र सुहाना थापा केन्द्रित छ । यी दुईको प्रेम र बिछोडकेन्द्रित ट्रेलरलाई फ्यानले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । कार्यक्रममा बोल्दै अनमोलले फिल्मले दर्शकलाई निराश नबनाउने बताए । ‘ए मेरो हजुर ४ नाकै खुम्चाउने फिल्म बनेको छैन । यसले म जस्ता युथलाई निराश बनाउँदैन’ अनमोलले भने ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री सुहाना थापाले अघिल्लो झैँ यसपटक अझै बढी साथ र सहयोगको खाँचो रहेको बताइन । फिल्मकी निर्देशक झरना थापाले नेपाली फिल्मलाई हेरेर सल्लाह सुझाव दिन आग्रह गरिन् । ‘नेपाली फिल्मलाई माया गर्नु पर्छ भन्ने मात्र छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने अधिकार दर्शकसँग छ । तर , फिल्म हेरेर कमेन्ट गरिदिनु होला’ झरनाले भनिन् ।

फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत , रेअर राई , रवि गिरी लगायतको अभिनय रहेको छ । फिल्ममा संजय लामाको छायांकन , हिमाल केसीको द्वन्द्व , रामजी लामिछाने , कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा , झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : १३ बजे

‘च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ’

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन,

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको