ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगेको माधव नेपालको आरोप (भिडिओ) « Khabarhub

ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगेको माधव नेपालको आरोप (भिडिओ)


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओली चुनावमा राप्रपासँग तालमेल गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवास पुगेको आरोप लगाएका छन् ।

काठमाडौँमा भएको महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई कमजोर ठान्ने ओलीले तालमेलका लागि मरिमेटी लागेको बताएका हुन् ।

उनले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको बताएका छन् ।

उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको दाबी पनि गरेका छन् ।

आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने भन्दै उनले विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले एकल महिला, अपाङ्ता भएकालगायतलाई भत्ता दिने काम आफ्नो पालामा भएको पनि दाबी गरे ।

उनले महिला हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै यसविरुद्ध खबरदारी र सचेत गराउने काम पार्टी गर्ने प्रतिबद्धता जनाएका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/1305356346617119

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ४० बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि