चितवनमा विकासले तीव्रता पाएको छ: प्रचण्ड | Khabarhub Khabarhub

चितवनमा विकासले तीव्रता पाएको छ: प्रचण्ड


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् ।

विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तीव्रता पाएको छ,’ प्रचण्डले भने ।

देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उनको भनाइ छ । चितवनले दुई पटक देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री दिएको भन्दै उनले भने, ‘विभिन्न चुनौतीहरूका बीचबाट त्यसबाट नेतृत्व गर्ने अवसर मलाई भयो । म यहाँको जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तीव्रताका साथ अगाडि बढाइएको छ ।’

भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेकाे उनले जनाए । भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेको उनको भनाइ छ । यस क्षेत्रमा भएको विकासलाई भन्न सक्नुपर्नेमा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ३० बजे

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा– संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला