गरिब देशमा खाद्यसंकटको खतरा रहेको विश्वव्यापार संघको चेतावनी « Khabarhub

गरिब देशमा खाद्यसंकटको खतरा रहेको विश्वव्यापार संघको चेतावनी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेकी छिन् । बेलायती पत्रिका गार्जियनसँगको अन्तरवार्तामा उनले यस्तो खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा रहेको बताइन् ।

उनले खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि चेतावनी दिइन् । ‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भनिन् ।

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्ने पनि उनको चिन्ता छ । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने भन्दै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावले यसलाई बढाउने बताइन् ।

महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : २२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार