७ सय लिंक हटाउन पाकिस्तानले गरेको आग्रह फेसबुकद्वारा अस्वीकार « Khabarhub

७ सय लिंक हटाउन पाकिस्तानले गरेको आग्रह फेसबुकद्वारा अस्वीकार


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहमदिया मुसलमानसँग सम्बन्धित ७ सय भन्दा धेरै लिङ्कलाई बन्देज गर्न पाकिस्तानले गरेको आग्रह सामाजिक सञ्जाल फेसबुकले अस्वीकार गरेको छ । पाकिस्तानको टेलिकाष्ट अथोरोटी पीटीएले ‘ईश निन्दा गर्ने’ ७ सय भन्दा धेरै लिंक हटाउन माग गर्दै फेसबुकलाई आग्रह गरेको र फेसबुकले उक्त आग्रह अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् ।

अहमदियाहरुले आफूलाई मुसलमान बताउने र सोही आवरणमा ईश निन्दा गर्ने भन्दै पाकिस्तानी पक्षले फेसबुकलाई यस्तो आग्रह गरेको थियो । फेसबुकले भने अन्तर्राष्ट्रिय समुदायप्रति पाकिस्तानको प्रतिबद्धताको आधारमा यस्ता लिंक हटाउन इन्कार गरेको बताइएको छ ।

पाकिस्तानी आग्रहको जवाफमा फेसबुकले पाकिस्तान ‘अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धि’ को हस्ताक्षरकर्ता मुलुक भएको स्मरण गराएको र लिंक हटाउने कार्य महासन्धिको विरुद्धमा जाने बताएको थियो ।

पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई मुसलमान नमान्ने मात्रै नभई उनीहरूविरुद्ध ज्यादती र दमन समेत हुने गरेको आरोप लाग्दै आएको छ ।

किस्तानी कानून अनुसार पाकिस्तानमा अहमदियाहरुलाई मस्जिद बनाउन, नमाज पढ्नका लागि अजान भन्न र इस्लामिक पहिचान प्रयोग गर्न बन्देज छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५५ बजे

नेत्रविक्रम चन्दले गरे मतदान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले मतदान गरेका

हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) हेलिकप्टर

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको