‘विरानो सहरमा’ अभिनेता हमाल (भिडियो) | Khabarhub Khabarhub

‘विरानो सहरमा’ अभिनेता हमाल (भिडियो)


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो केही समय यता अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् ।

फिल्ममा केही समयदेखि नदेखिएका अभिनेता हमाल अभिनीत पछिल्लो भिडियो ‘विरानो सहरमा’ सार्वजनिक गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको गीतमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको छ ।

गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रले गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।
प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश हमाल,  शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ । मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयम्‌ले सम्पादन गरेका छन् । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ५० बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले