काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे निर्णय गर्ने « Khabarhub

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे निर्णय गर्ने


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी स्थानीय चुनावमा सत्तारुढ दलहरूसंग तालमेल गर्ने वा नगर्ने टुंगो लगाउँन काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लाग्ने छ। कांग्रेस केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिले स्थानीय अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। शुक्रबार २७ केन्द्रीय सदस्य र आइतबार ५४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।

आज बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि कांग्रेसले स्थानीय चुनावका विषयमा निर्णय लिनेछ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यले सत्तारुढ दलबीच तालमेल गरेर चुनावमा जानुपर्ने धारणा राखेका छन् भने डा. शेखर कोइराला पक्षीय सदस्यहरूले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्। 

प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसभित्र विवाद नरहेको र स्थानीय वस्तुस्थिति हेरेर सबैको धारणा राखीरहेको बताए। प्रवक्ता महतले सहमतिमै निर्णय हुने बताउँदै तालमेल नै गर्ने भएपनि स्पष्ट मापदण्ड तय गरी कस्तो ठाउँमा तालमेल गर्ने र कस्तोमा नगर्ने भन्नेमा समेत पार्टीले निर्णय लिने उनले बताए। महतले अधिकांश केन्द्रीय सदस्यहरू आवश्यकताको आधारमा सत्तारुढ दलहरूबीच तालमेल गर्ने पक्षमा रहेको दाबी गरे।  बैठकले पार्टीका उम्मेदवारहरूको छनौटका लागि संसदीय बोर्ड गठन गर्ने लगायतका विषयमा पनि निर्णय गर्नेछ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ३७ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली