प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै « Khabarhub

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र भारतको विदेश मन्त्रालयले आज छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेको औपचारीक जानकारी गराएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणको लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् । पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उनले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

‘भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षहरूमा सहयोगका क्षेत्रमा साझेदारी उल्लेखनीय वृद्धि भएको छ । आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितमा अघि बढ्न अवसर प्रदान गर्नेछ,’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : २२ बजे

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८