अछाममा कुल मतदाताको संख्या साढे १ लाख नाघ्यो « Khabarhub

अछाममा कुल मतदाताको संख्या साढे १ लाख नाघ्यो


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार २ सय ८० रहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष ७५ हजार ८ सय ३७, महिला ८० हजार ४ सय ४१ र अन्य ३ जना रहेका छन् ।

अछाममा कुल मतदान स्थल १ सय ३० रहेको छ भने मतदान केन्द्र संख्या २ सय ७ रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ। जिल्लामा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा १० हजार ४ सय ६ पुरुष र ११ हजार ३ सय ९६ महिला गरी २१ हजार ८ सय ६४ मतदाता रहेका छन् भने सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार ६ सय ३६ पुरुष र ६ हजार १ सय ६ महिला गरी ११ हजार ७ सय ४२ मतदाता रहेका छन् ।

मंगलसैन नगरपालिकाका ९ हजार ४ सय ४५ पुरुष र १० हजार ३ सय ३२ महिला, अन्य १ गरी १९ हजार ८ सय ७८ मतदाता, पञ्चदेवल बिनायक नगरपालिका ७ हजार ८ सय २७ पुरुष र ८ हजार ६ सय १८ महिला गरी १६ हजार ४ सय ४५ मतदाता, तुर्माखाँद गाउँपालिकामा ७ हजार सय ९२ पुरुष र ७ हजार ८ सय १९ महिला गरी १५ हजार ५ सय ११ मतदाता रहेका छन् ।

मेल्लेख गाउँपालिकामा ७ हजार ५ सय १५ पुरुष र ७ हजार ९ सय ४६ महिला, अन्य १ गरी १५ हजार ३ सय ६१ मतदाता, चौरपाटी गाउँपालिकाकामा ६ हजार ७ सय ५४ पुरुष र ७ हजार ९ सय ९० महिला गरी १४ हजार ७ सय ४४ मतदाता, रामारोशन गाउँपालिकामा ७ हजार २ सय ५५ पुरुष र ७ हजार १ सय ६३ महिला गरी १४ हजार ४ सय १८ मतदाता रहेका छन् ।

कमलवजार नगरपालिकाका ७ हजार ४६ पुरुष र ६ हजार ८ सय ९७ महिला गरी १३ हजार ९ सय ४३ मतदाता र ढकारी गाउँपालिकामा ६ हजार २ सय पुरुष र ६ हजार १ सय ७४ महिला गरी १२ हजार ३ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ३६ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ