भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन « Khabarhub

भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए । नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उनले बताए ।

बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटिएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको भन्दै उनले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटिम जडान गर्ने अभियान चलाउने बताए । अस्पताल परिसरमा जडान गरिएको वाटर एटिएममा दुई रुपैयाँ खसालेर कागजको कपमा २०० मिलीलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ५१ बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि