रुसी सेना बलात्कार र यौन दुर्व्यवहारमा संलग्न रहेको युक्रेनी सांसद्को दाबी « Khabarhub

रुसी सेना बलात्कार र यौन दुर्व्यवहारमा संलग्न रहेको युक्रेनी सांसद्को दाबी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी फौजले युक्रेनमा महिलाहरुमाथि बलात्कार र यौन दुर्व्यवहार गरेको युक्रेनी सांसद्ले दाबी गरेकी छिन् । बेलायती समाचार च्यानल स्काई न्यूजसँगको कुराकानीका क्रममा युक्रेनी सांसद् एवम् युरोपेली परिषद्को संसदीय सभामा युक्रेनी प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेज्नेत्सेभाले रुसी सेनाले युक्रेनमा महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी हुन् ।

‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा दर्ता भएर अगाडि बढिरहेको छ । हामी विस्तृतमा नजाऔँ तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एकजना नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो ।’ उनले अगाडि भनिन्, ‘अनि उनकी श्रीमतीलाई – माफ गर्नुहोला मैलो यो भन्नै पर्छ – उनको सानो बच्चाकै अगाडि बलात्कार गरिएको थियो ।’

मादक पर्दाथले उत्तेजित सिपाहीले घरमा पसेपछि श्रीमानको हत्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनकी अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएकी छिन् ।

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी सेना युद्ध अपराधमा संलग्न भएको आरोप लागिरहेका बेला युक्रेनी सांसद्को यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ५० बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले