रुस–युक्रेन वार्तामा चेल्सी क्लबका मालिकले विष खाएको लक्षण देखाएपछि… « Khabarhub

रुस–युक्रेन वार्तामा चेल्सी क्लबका मालिकले विष खाएको लक्षण देखाएपछि…


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वार्ताका क्रममा इङ्ल्याण्डको चेल्सी क्लबका मालिक एवम् रुसी धनाढ्य रोमन अब्रामोभिच संदिग्ध विष आक्रमणको शिकार भएको खुलासा भएको छ । उनको निकटस्थ स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यही महिनाको शुरुमा बेलारुसको सीमामा शान्ति वार्ताका क्रममा उनले विष आक्रमणको लक्षण देखाएका थिए ।

बीबीसीले जनाएअनुसार उनको आँखा रातो भएको थियो भने उनको छाला पनि फुटेको थियो । यही वार्ताका क्रममा युक्रेनका दुई प्रतिनिधिले पनि यस्तै किसिमको लक्षण महसुस गरेको बीबीसीले जनाएको छ । यहीबेला उनीहरु पीडादायी रुपमा रोइरहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले भने विष खुवाउने यो षड्यन्त्र शान्तिवार्ता विफल बनाउन चाहने रुसका कट्टरपन्थीले रचेको जनाएको छ । यद्यपि अमेरिकी गुप्तचर अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएअनुसार उनको लक्षण विष सेवनबाट भन्दा पनि वातावरणीय कारणले देखिएको हो ।

रुसमाथि विष खुवाएर राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक र विरोधीहरुको हत्या गर्ने गरेको आरोप लाग्ने गरेको छ । सन् २०२० मा रुसी विपक्षी नेता अलेक्सेई नभाल्नीमाथि पनि विष खुवाएर मार्ने षडयन्त्र भएको थियो ।

त्यस्तै सन् २०१८ मा पुटिनका आलोचक सर्गेई स्क्रिपाल र उनकी छोरीलाई पनि बेलायतमा विष खुवाइएको थियो । त्यसअघि सन् २००६ मा बेलायतमा बस्ने अलेक्जाण्डर लित्भिनेन्कोको पनि विष खुवाएर हत्या गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : ३५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य