काठमाडौं– राजधानी किभ नजिकैको इरपिन शहरलाई युक्रेनी फौजले रुसी सेनाबाट मुक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित भिडियो सन्देश मार्फत यस्तो बताएका हुन् ।
‘किभ र इरपिन कब्जा गर्नेहरुलाई खेदाइएको छ । तर हाम्रो क्षेत्रको यो भागमा अहिले नै सुरक्षाको कुरा गर्न निकै हतारो हुनेछ । लडाइ जारी छ ।’ उनले भिडियो सन्देशमा भनेका छन् ।
‘रुसी फौज किभको उत्तरी क्षेत्रमा छन्, उनीहरूसँग जनशक्ति र श्रोत छ । उनीहरु ध्वस्त भएका एकाइ पुनर्निर्माण गर्ने प्रयासमा छन् ।’ जलेन्स्कीको भनाइ छ ।
रणनीतिक रुपमा इरपिन शहरलाई किभ क्षेत्रको निकै ठूलो महत्व रहेको बताइन्छ । किभको उत्तर पश्चिम दिशामा रहेको यो शहरलाई रुसी फौजले कब्जा गरेको खण्डमा मुलुकको पश्चिमलाई किभसँग जोड्ने प्रमुख नाका बन्द हुने जनाइएको छ ।
यो शहरलाई नियन्त्रणमा लिन लामो समयदेखि रुसी र युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको थियो ।
प्रतिक्रिया