महिलालाई विद्यालय जानबाट बञ्चित गर्ने तालिबानको निर्णयको ईयूद्वारा निन्दा « Khabarhub

महिलालाई विद्यालय जानबाट बञ्चित गर्ने तालिबानको निर्णयको ईयूद्वारा निन्दा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले अफगानिस्तानको तालिबान सरकारले महिलालाई विद्यालय जानबाट बञ्चित गरेको भन्दै निन्दा गरेको छ । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै तत्काल महिलालाई विद्यालय जाने वातावरण बनाउन समेत तालिबानसमक्ष माग गरेको छ ।

‘अनिश्चितकाल सम्मका लागि दश लाख भन्दा धेरै महिला र बालिकालाई माध्यमिक तहको शिक्षाबाट बञ्चित गर्ने तालिबानको निर्णयको अन्तर्राष्ट्रिय साझेदारहरुका साथ युरोपेली युनियन र यसका सदस्य राष्ट्रहरु निन्दा गर्दछन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘यो सबै बालबालिकाले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको उल्लङ्घन हो, यसले अफगानिस्तानले हस्ताक्षार गरेका मानव अधिकारको सर्वव्यापी घोषणापत्र एवम् धेरै मानव अधिकारका सन्धिहरुको उल्लङ्घन गर्छ ।’

तालिबानले गत बुधबारदेखि महिलालाई विद्यालय जान खुला गर्ने बताइएको थियो । तर कार्यान्वयन हुनु केही घण्टा अघिमात्रै उक्त निर्णय अर्को सूचना जारी नभएसम्मका लागि रद्द गरिएको तालिबानले जनाएको थियो ।

त्यसयता क्यानाडा, इटाली, फ्रान्स, नर्वे, अमेरिका, बेलायतजस्ता मुलुकले तालिबानको निन्दा गरिसकेका छन् 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली– कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन