शेयर बजार दोहोरो अंकले ओरालाे « Khabarhub

शेयर बजार दोहोरो अंकले ओरालाे


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली शेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालाे लागेकाे छ । मंगलबार नेप्से परिसुचक १४ दशमलब २६ अंकले ओरालाे लाग्दै २५ सय २७ दशमलव २७ अंकमा पुगेर रोकिएको छ ।

मंगलबार शेयर बजारमा ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ भने कारोबार रकममा उतारचढाव भइरहेको छ ।

मंगलबार तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । इमर्जिंग नेपाल कम्पनीको सेयर मूल्य ९२ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भएको छ ।

नेष्ट्रो समृद्ध लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्य १० प्रतिशत अर्थात ७९ रुपैयाँ बढेर ८७२ रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९१ रुपैयाँले बढेर एक हजार ९० रुपैयाँमा कारोबार भयो ।

नेप्सेमा मंगलबार लाइफ इन्स्योरेन्स सेक्टरको सेयर परिसूचक २१९ अंकले ओरालाे लागेको छ भने अन्य सेक्टरमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ६२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने १४७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ४९ बजे

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष