‘शान्तिवार्तामा विष आतंक’ – केही नखान/नपिउन वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

‘शान्तिवार्तामा विष आतंक’ – केही नखान/नपिउन वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीको निर्देशन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति वार्ताका क्रममा दिइएको खानेकुरा र पेय पदार्थ सेवन नगर्न आफ्ना वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीले सचेत गराएको छ ।

‘म रुसी वार्ताकार हरुसँगको छलफलमा सहभागी जो कोहीलाई केही पनि नखान वा नपिउन र कुनै सतहमा नछुन समेत सल्लाह दिन्छु ।’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै बताएका छन् ।

चेल्सी क्लबका मालिक एवम् रुसी धनाढ्य रोमन अब्रामोभिचले शान्ति वार्ताका क्रममा विष सेवन गरेको लक्षण देखाएको भन्ने समाचार आएपछि युक्रेनी विदेशमन्त्रीले आफ्ना वार्ताकारलाई सचेत गराएको हो ।

यही मार्च महिनाको शुरुमा बेलारुसमा भएको शान्ति वार्ताका क्रममा अब्रामोभिचले विष सेवन गरेको लक्षण देखाएका थिए । उनको आँखा रातो भएको र छाला समेत फुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसबाहेक केहीसमय सम्म उनमा अन्धोपन समेत देखिएको जनाइएको छ ।

हाल टर्कीको इस्तानबुल शहरमा रुस र युक्रेनका वार्ताकार हरुबीच युद्ध अन्त्य एवम् शान्ति सम्झौताका विषयमा छलफल भइरहेको छ 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ३५ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित