अमेरिकाले जर्मनीमा थप ६ अत्याधुनिक लडाकु विमान परिचालन गर्ने | Khabarhub Khabarhub

अमेरिकाले जर्मनीमा थप ६ अत्याधुनिक लडाकु विमान परिचालन गर्ने


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले जर्मनीस्थित नेटो सैन्य आधारमा थप ६ लडाकु विमान तैनाथ गर्ने भएको छ । अमेरिकी रक्षाप्रशासन पेन्टागनका प्रवक्ता जोन किरबीले नेटोको रक्षा सतर्कता बढाउन जर्मनीको स्पाङडाहलेम हवाई अखडामा थप ६ नेभी ईए–१८ जी लडाकु विमान परिचालन गर्न लागेको बताएका हुन् ।

यसले ‘सतर्कता बढाउन र नेटोको सामूहिक रक्षा तयारी र हाम्रा साझेदार मुलुकहरुबीच हवाई एकात्मकतालाई थप मजबुत बनाउनका लागि’ सहयोग पुग्ने उनको भनाइ छ ।

किरबीलाई उद्धृत गर्दै जर्मनीको डीडब्लू टेलिभिजनको अनलाइन संस्करणले जनाएअनुसार लडाकु विमानका साथै पाइलट र मर्मत सम्भार गर्नका लागि थप २४० सैनिक पनि परिचालन गरिनेछ ।

यद्यपि यो तैनाथी युक्रेनमा रुसी फौजविरुद्ध लक्षित नभएको र नेटोको पूर्वी मोर्चालाई सशक्त बनाउनका लागि मात्रै यो निर्णय लिइएको उनले स्पष्ट पारेका छन् ।

बोइङ कम्पनीद्वारा निर्मित यो लडाकु विमानलाई विद्युतीय उपकरणलाई निष्कृय बनाउन एवम् जमिन र समुद्रमा सुरक्षा प्रदान गर्न प्रयोग गरिदै आइएको डीडब्लूले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित