अमेरिकाले जर्मनीमा थप ६ अत्याधुनिक लडाकु विमान परिचालन गर्ने « Khabarhub

अमेरिकाले जर्मनीमा थप ६ अत्याधुनिक लडाकु विमान परिचालन गर्ने


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले जर्मनीस्थित नेटो सैन्य आधारमा थप ६ लडाकु विमान तैनाथ गर्ने भएको छ । अमेरिकी रक्षाप्रशासन पेन्टागनका प्रवक्ता जोन किरबीले नेटोको रक्षा सतर्कता बढाउन जर्मनीको स्पाङडाहलेम हवाई अखडामा थप ६ नेभी ईए–१८ जी लडाकु विमान परिचालन गर्न लागेको बताएका हुन् ।

यसले ‘सतर्कता बढाउन र नेटोको सामूहिक रक्षा तयारी र हाम्रा साझेदार मुलुकहरुबीच हवाई एकात्मकतालाई थप मजबुत बनाउनका लागि’ सहयोग पुग्ने उनको भनाइ छ ।

किरबीलाई उद्धृत गर्दै जर्मनीको डीडब्लू टेलिभिजनको अनलाइन संस्करणले जनाएअनुसार लडाकु विमानका साथै पाइलट र मर्मत सम्भार गर्नका लागि थप २४० सैनिक पनि परिचालन गरिनेछ ।

यद्यपि यो तैनाथी युक्रेनमा रुसी फौजविरुद्ध लक्षित नभएको र नेटोको पूर्वी मोर्चालाई सशक्त बनाउनका लागि मात्रै यो निर्णय लिइएको उनले स्पष्ट पारेका छन् ।

बोइङ कम्पनीद्वारा निर्मित यो लडाकु विमानलाई विद्युतीय उपकरणलाई निष्कृय बनाउन एवम् जमिन र समुद्रमा सुरक्षा प्रदान गर्न प्रयोग गरिदै आइएको डीडब्लूले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले