‘पुटिनलाई रुसी जनताको पूर्ण समर्थन छ’ – क्रेमलिन « Khabarhub

‘पुटिनलाई रुसी जनताको पूर्ण समर्थन छ’ – क्रेमलिन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति भ्लादिमिर पुटिनलाई जनताको पूर्ण समर्थन रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी जनता पुटिनको पक्षमा रहेको जनाएका हुन् ।

रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणबाट सार्वजनिक तथ्यांकमा पुटिनको लोकप्रियता बढेको पेस्कोभको भनाइ छ । यद्यपि कुन मत सर्वेक्षणले यस्तो देखाएको भन्नेबारे पेस्कोभले केही खुलाएका छैनन् ।

युक्रेनमा आक्रमण गर्ने निर्णय गरेसँगै रुसका विभिन्न शहरमा व्यापक प्रदर्शन भएपछि युक्रेनमाथिको आक्रमणले पुटिनको लोकप्रियता कमजोर बनाएको विश्लेषण हुँदै आएको थियो । केही दिनअघिमात्रै युरोप भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिन सत्तामा टिकिरहन नसक्ने टिप्पणी गरेका थिए ।

‘ईश्वरका लागि यो मानिस सत्तामा टिकिरहन सक्दैन ।’ बाइडेनको भनाइ थियो । यही क्रममा उनले पुटिनलाई ‘कसाई’ को समेत संज्ञा दिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : १४ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले