‘पुटिनलाई रुसी जनताको पूर्ण समर्थन छ’ – क्रेमलिन « Khabarhub

‘पुटिनलाई रुसी जनताको पूर्ण समर्थन छ’ – क्रेमलिन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति भ्लादिमिर पुटिनलाई जनताको पूर्ण समर्थन रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी जनता पुटिनको पक्षमा रहेको जनाएका हुन् ।

रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणबाट सार्वजनिक तथ्यांकमा पुटिनको लोकप्रियता बढेको पेस्कोभको भनाइ छ । यद्यपि कुन मत सर्वेक्षणले यस्तो देखाएको भन्नेबारे पेस्कोभले केही खुलाएका छैनन् ।

युक्रेनमा आक्रमण गर्ने निर्णय गरेसँगै रुसका विभिन्न शहरमा व्यापक प्रदर्शन भएपछि युक्रेनमाथिको आक्रमणले पुटिनको लोकप्रियता कमजोर बनाएको विश्लेषण हुँदै आएको थियो । केही दिनअघिमात्रै युरोप भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिन सत्तामा टिकिरहन नसक्ने टिप्पणी गरेका थिए ।

‘ईश्वरका लागि यो मानिस सत्तामा टिकिरहन सक्दैन ।’ बाइडेनको भनाइ थियो । यही क्रममा उनले पुटिनलाई ‘कसाई’ को समेत संज्ञा दिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना