रुसले किभ र चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ | Khabarhub Khabarhub

रुसले किभ र चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको राजधानी किभ र उत्तरी शहर चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ भएको छ । रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फेमिनले किभको बाहिरी भाग र चेर्निभमा आक्रमण घटाउने बताएको रुसी समाचार संस्था तासले जनाएको छ ।

रुसी र युक्रेनी वार्ताकारबीच टर्कीको मध्यस्थतामा इस्तानबुलमा भएको प्रत्यक्ष शान्ति वार्ता पछि उप रक्षामन्त्रीको यस्तो भनाइ आएको हो ।

एक महिना भन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसी फौजको गति सुस्ताएका बेला रुसी पक्षबाट आएको यस्तो भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।

यद्यपि रुसले पहिले पनि यस्तै बाचा गर्ने गरेको तर व्यवहारमा कार्यान्वयन नगरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभको उत्तरपश्चिमी क्षेत्रमा रहेको इरपिन शहरबाट रुसी फौजलाई लखेटेको जनाएका थिए । यद्यपि इरपिनबाट रुसी फौज लखेटिएपनि त्यहाँ लडाइ जारी रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : २८ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित