विदेशी संस्थाले गलत सूचना दिएर विश्वलाई गुमराहमा पारेको अफगानिस्तानको आरोप « Khabarhub

विदेशी संस्थाले गलत सूचना दिएर विश्वलाई गुमराहमा पारेको अफगानिस्तानको आरोप


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको राष्ट्रिय तथ्यांक तथा सूचना निकायले केही विदेशी संस्थाहरुले मानवीय सहायताका विषयमा गलत तथ्यांक प्रस्तुत गरी विश्वलाई गुमराहमा पारेको आरोप लगाएको छ ।

अफगान नागरिकका नाममा जथाभावी विदेशी सहायता उपलब्ध गराइएका कारण करोडौं डलर हिनामिना भएको उक्त निकायका उपनिर्देशक हसिबुल्लाह मुवाहेदले बताएको अफगानिस्तानको टोलो टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

‘दुर्भाग्यवश, विश्व खाद्य कार्यक्रम र अरु अधिकांश विदेशी संस्थाहरुले मानिसहरुलाई हरेक दिन गलत तथ्यांक र सूचना उपलब्ध गराउँदै आएका छन् र यसरी उनीहरु अफगान नागरिक अनि विश्वका मानिसहरुलाई झुक्याइरहेका छन् । यस्ता तथ्यांक आधारहीन छन् ।’ मुवाहेदलाई उद्धृत गर्दै टोलोले लेखेको छ ।

उनका अनुसार यसरी आएको विदेशी सहयताले अफगानिस्तानको आर्थिक अवस्थालाई नराम्रो बनाउने मात्र नभई गरिबी समेत बढाइरहेको छ । ‘यसले गरिबी नघटाउने मात्रै होइन, गरिबीलाई अझ बढाउँछ ।’ उनले भने ।

यसैबीच अफगान अर्थमन्त्रालयले मानवीय सहायतालेमात्रै देशको आर्थिक अवस्था नउकास्ने टिप्पणी गरेको छ ।

‘मानवीय सहायताले देशलाई बचाउन सक्छ तर यसले मानिसहरुलाई आत्मनिर्भर बनाउन सक्दैन ।’ अर्थमन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबिबले टोलोलाई बताए ।
विश्व खाद्य कार्यक्रम डब्लूएफपीले अफगानिस्तानमा १ करोड ८० लाख मानिसहरुका लागि २ अर्ब ६० करोड डलर खर्च गरेको तथ्यांक छ ।

धेरै अफगान नागरिकले देशमा आएको विदेशी सहायता यथोचित हिसाबमा वितरण नभएको गुनासो गर्ने गरेका छन् ।

गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानको आर्थिक अवस्था अत्यन्त नराम्रो बन्न थालेको र त्यहाँ खाद्यसंकट र भोकमरीजस्ता समस्या देखिएको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : १८ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’