विदेशी संस्थाले गलत सूचना दिएर विश्वलाई गुमराहमा पारेको अफगानिस्तानको आरोप | Khabarhub Khabarhub

विदेशी संस्थाले गलत सूचना दिएर विश्वलाई गुमराहमा पारेको अफगानिस्तानको आरोप


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको राष्ट्रिय तथ्यांक तथा सूचना निकायले केही विदेशी संस्थाहरुले मानवीय सहायताका विषयमा गलत तथ्यांक प्रस्तुत गरी विश्वलाई गुमराहमा पारेको आरोप लगाएको छ ।

अफगान नागरिकका नाममा जथाभावी विदेशी सहायता उपलब्ध गराइएका कारण करोडौं डलर हिनामिना भएको उक्त निकायका उपनिर्देशक हसिबुल्लाह मुवाहेदले बताएको अफगानिस्तानको टोलो टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

‘दुर्भाग्यवश, विश्व खाद्य कार्यक्रम र अरु अधिकांश विदेशी संस्थाहरुले मानिसहरुलाई हरेक दिन गलत तथ्यांक र सूचना उपलब्ध गराउँदै आएका छन् र यसरी उनीहरु अफगान नागरिक अनि विश्वका मानिसहरुलाई झुक्याइरहेका छन् । यस्ता तथ्यांक आधारहीन छन् ।’ मुवाहेदलाई उद्धृत गर्दै टोलोले लेखेको छ ।

उनका अनुसार यसरी आएको विदेशी सहयताले अफगानिस्तानको आर्थिक अवस्थालाई नराम्रो बनाउने मात्र नभई गरिबी समेत बढाइरहेको छ । ‘यसले गरिबी नघटाउने मात्रै होइन, गरिबीलाई अझ बढाउँछ ।’ उनले भने ।

यसैबीच अफगान अर्थमन्त्रालयले मानवीय सहायतालेमात्रै देशको आर्थिक अवस्था नउकास्ने टिप्पणी गरेको छ ।

‘मानवीय सहायताले देशलाई बचाउन सक्छ तर यसले मानिसहरुलाई आत्मनिर्भर बनाउन सक्दैन ।’ अर्थमन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबिबले टोलोलाई बताए ।
विश्व खाद्य कार्यक्रम डब्लूएफपीले अफगानिस्तानमा १ करोड ८० लाख मानिसहरुका लागि २ अर्ब ६० करोड डलर खर्च गरेको तथ्यांक छ ।

धेरै अफगान नागरिकले देशमा आएको विदेशी सहायता यथोचित हिसाबमा वितरण नभएको गुनासो गर्ने गरेका छन् ।

गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानको आर्थिक अवस्था अत्यन्त नराम्रो बन्न थालेको र त्यहाँ खाद्यसंकट र भोकमरीजस्ता समस्या देखिएको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : १८ बजे

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता