युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा « Khabarhub

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् ।

चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ ।

यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका अफगान विदेशमन्त्री अमिर खान मुत्तकी पनि सहभागी हुने बताइएको छ । कतार र इण्डोनेशियालाई पाहुनाका रुपमा यस छलफलमा डाकिएको छ ।

यसबाहेक रुसी विदेशमन्त्रीले अफगानिस्तानका लागि चिनियाँ तथा अमेरिकी विशेष प्रतिनिधिसँग पनि बेग्लै छलफल गर्ने कार्यक्रम छ ।

कोरोना भाइरसको नयाँ लहर झेलिरहेको चीनले यो बैठक आन्हुई प्रान्तको टुङ्सी शहरमा आयोजना गर्न लागेको जनाइएको छ ।

युक्रेनमाथि आक्रमण जारी राखेको रुसका विदेशमन्त्रीले चीनमा रहँदा युक्रेनका विषयमा पनि कुराकानी गर्ने वा नगर्ने केही खुलाइएको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ४३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी