अर्थमन्त्रीले भने– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने नै नआएपछि के गर्ने ? « Khabarhub

अर्थमन्त्रीले भने– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने नै नआएपछि के गर्ने ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले शैक्षिक प्रामाणपत्र धितो राखेर युवाहरुले ऋण लिन नचाहेको बताएका छन् ।

प्रतिनिधिसभामा सासंदहरुले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले नेपालका बौद्धिक–युवालाई लक्षित गरी ल्याएको कार्यक्रममा लक्षित वर्गले नै चासो नदेखाएको बताएका हुन् ।

विहीबार प्रतिनिधिसभामा सासंदहरुले प्रमाणपत्र धितो तथा ऋण प्रवाह कार्यक्रम किन प्रभावकारी नभएको भन्दै मन्त्री खतिवडालाई प्रश्न गरेका थिए ।  प्रतिउत्तरमा मन्त्रीले भने ‘हामीले सुहलियतमा ऋण दिने भनेकै हौं, दिनेहरु तयार छन् तर लिन तयार भएनन्’ उनले थपे ‘ऋण लिन्छु भन्दा बैंकले दिन नमानेको भन्ने हल्ला गाइगुई सुन्नमा आए, तर ठोस उजुर कसैले गरेनन् ।’

चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए । तर बजेट कार्यन्यवनको नौं महिना वितासक्दा पनि उक्त योजनाबाट लाभान्वित हुनेको संख्या एकदमै न्यून रह्यो । हालसम्म जम्मा ६ जनाले मात्रै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सहुलियत ऋण लिएको राष्ट्रय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : २५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा