डराउने सल्लाहकारले पुटिनलाई गुमराहमा पारेको अमेरिकी दाबी | Khabarhub Khabarhub

डराउने सल्लाहकारले पुटिनलाई गुमराहमा पारेको अमेरिकी दाबी


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन आक्रमणका विषयमा सल्लाहकारहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गुमराहमा पारेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसका अनुसार पुटिनसँग डराउने सल्लाहकारहरूले उनलाई युक्रेनमा रुसी फौजले भोगिरहेको परिस्थितिबारे खुलेर जानकारी गराएका छैनन् ।

‘रुसी सेनाबाट पुटिन गुमराहमा परेको महसुस गरिरहेका छन् ।’ ह्वाइट हाउसकी प्रवक्ता केटी बेडिङफिल्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसका कारण ‘पुटिन र उनको सैनिक नेतृत्वबीच निरन्तर तनाव’ समेत उत्पन्न हुँदै आएको छ ।

‘पुटिनको युद्ध ठूलो रणनीतिक गल्ती हो जसले रुसलाई लामो कमजोर बनाएको छ र रुस विश्वमा एक्लो परेको छ ।’ बेडिङफिल्डले भनिन् । यतिमात्रै नभई पश्चिमा मुलुकको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमा परेको प्रभावबारे पनि पुटिनलाई सही जानकारी दिइएको छैन ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले ह्वाइट हाउसको यो मूल्यांकन निकै असहज भएको टिप्पणी गरेको छ । पेन्टागनका प्रवक्ता जोन किरबीले युद्धबारे पूर्ण रुपमा जानकार नभएका कारण पुटिनले द्वन्द्व अन्त्य गर्न विश्वसनीय कदम चाल्ने प्रयास नगर्ने बताएका छन् ।

‘अनि अर्को कुरा, उनीजस्ता नेताले खराब समाचार पाए भने कस्तो प्रतिक्रिया दिन्छन भन्ने पनि तपाईलाई थाहा हुन्न ।’ किरबीले भने । यसबारे रुसी पक्षबाट कुनै टिप्पणी आएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : १५ बजे

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला– दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको