मेगा बैंकले निकाल्यो २०७९ को इक्यालेण्डर, छात्राहरूलाई विशेष प्राथमिकता | Khabarhub Khabarhub

मेगा बैंकले निकाल्यो २०७९ को इक्यालेण्डर, छात्राहरूलाई विशेष प्राथमिकता


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इक्यालेण्डर सार्वजनिक गरेको छ ।

यस वर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य प्राथमिकता दिएको छ ।

क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरूको तस्बिर सार्वजनिक गरी उनीहरूलाई प्रोत्साहन गरिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन् । उनले भनिन्, ‘विपन्न परिवारका यिनै छोरीहरूलाई हामीले भविष्यमा मेगा स्टारका रूपमा हेर्न चाहन्छौँ, सोहीकारण उनीहरूलाई यसपालिको क्यालेण्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौँ ।

आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरूको उज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयासस्वरूप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ छात्रालाई आर्थिक सहयोगको व्यवस्था पनि गरेको छ ।

शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो ।

सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौँ छात्रालाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका छात्राहरूलाई पढाउनेलगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ समेत जितेकी थिइन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : २७ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक