मेगा बैंकले निकाल्यो २०७९ को इक्यालेण्डर, छात्राहरूलाई विशेष प्राथमिकता « Khabarhub

मेगा बैंकले निकाल्यो २०७९ को इक्यालेण्डर, छात्राहरूलाई विशेष प्राथमिकता


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इक्यालेण्डर सार्वजनिक गरेको छ ।

यस वर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य प्राथमिकता दिएको छ ।

क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरूको तस्बिर सार्वजनिक गरी उनीहरूलाई प्रोत्साहन गरिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन् । उनले भनिन्, ‘विपन्न परिवारका यिनै छोरीहरूलाई हामीले भविष्यमा मेगा स्टारका रूपमा हेर्न चाहन्छौँ, सोहीकारण उनीहरूलाई यसपालिको क्यालेण्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौँ ।

आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरूको उज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयासस्वरूप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ छात्रालाई आर्थिक सहयोगको व्यवस्था पनि गरेको छ ।

शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो ।

सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौँ छात्रालाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका छात्राहरूलाई पढाउनेलगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ समेत जितेकी थिइन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : २७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु