कोलम्बियामा विमानको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित « Khabarhub

कोलम्बियामा विमानको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोलम्बियाको मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा एक हवाईजहाजको आपतकालीन अवतरणपछि हजारौँ यात्रु प्रभावित भएका छन् ।

ल्याटिन अमेरिकन एयरलाइन्स (ल्याटम) को एयरबस ए ३२०-२०० विमानको अगाडिको ल्यान्डिङ गियर टेकअफको केही समयपछि खस्दा उक्त विमान रियोनेग्रो शहरको होजे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता भएको थियो ।

यसकारण उडान र अवतरण रद्द हुँदा २१,००० भन्दा बढी यात्रु र १३६ उडान प्रभावित भएको कोलम्बियाका नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन् ।

समाचार संस्था एएफपीका अनुसार विमानको आकस्मिक अवतरणका क्रममा भने कुनै पनि मानवीय क्षति भएको छैन ।

‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको क्रममा छ ।’ ओर्लान्डोले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : ३८ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६