अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीच भएको कुराकानी क्रममा पनि युक्रेनलाई आवश्यक परेको र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ ।

‘हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ’ जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

अमेरिकी टेलिभिजन एनबीसीका अनुसार राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि जेलेन्स्कीले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको बताए ।

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ। अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : १७ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि