कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड « Khabarhub

कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित भएकी छन् ।

ओपन स्पेस नेटवर्क (ओएसएन) को आयोजना र आईएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ललितपुरमा कार्यक्रम गरी लम्साललाई ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड प्रदान गरिएको हाे ।

३० वर्षभन्दा मुनिका युवा महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कानूनको पालना गर्दै दिगो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई यसरी नै प्रत्येक वर्ष सम्मान गर्दै आइएको छ ।

लम्सालले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी छन् । उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेट प्रदान गरी सम्मान गरिएको हो ।

‘ओएसएनले सधैँ व्यावसायिक अवसरहरूमार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यावसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्नेछ,’ पुरस्कार प्रदान गरेपछि ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनले भनिन् ।

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यावसायिक नेतृत्व गर्न प्रेरित गर्नु रहेको आयोजकले बताएका छन् ।

पुरस्कारका लागि सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाको आवेदन परेको थियो । आवेदन दिनेमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए । उत्कृष्ट सात जनामध्येबाट पनि लम्साललाई सर्वोत्कृष्ट ठहर गरिएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १० : ०६ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको