कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड | Khabarhub Khabarhub

कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित भएकी छन् ।

ओपन स्पेस नेटवर्क (ओएसएन) को आयोजना र आईएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ललितपुरमा कार्यक्रम गरी लम्साललाई ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड प्रदान गरिएको हाे ।

३० वर्षभन्दा मुनिका युवा महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कानूनको पालना गर्दै दिगो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई यसरी नै प्रत्येक वर्ष सम्मान गर्दै आइएको छ ।

लम्सालले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी छन् । उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेट प्रदान गरी सम्मान गरिएको हो ।

‘ओएसएनले सधैँ व्यावसायिक अवसरहरूमार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यावसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्नेछ,’ पुरस्कार प्रदान गरेपछि ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनले भनिन् ।

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यावसायिक नेतृत्व गर्न प्रेरित गर्नु रहेको आयोजकले बताएका छन् ।

पुरस्कारका लागि सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाको आवेदन परेको थियो । आवेदन दिनेमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए । उत्कृष्ट सात जनामध्येबाट पनि लम्साललाई सर्वोत्कृष्ट ठहर गरिएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १० : ०६ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई