कैलालीमा एक जनाको मृत्यु, घाइतेको संख्या ४० नाघ्यो « Khabarhub

कैलालीमा एक जनाको मृत्यु, घाइतेको संख्या ४० नाघ्यो


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

हावाहुरीमा परेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।प्रहरीका अनुसार कैलालीको गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते तथा क्षतिको एकिन विवरण आउन बाँकी रहको प्रहरीले जनाएको छ ।

हावाहरीका कारण घर टहराको छाना उडेको छन् भने रुखहरु ढलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । बिजुलीका पोल ढल्दा कतिपय स्थानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ ।

घटनास्थलमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।  यसैबीच, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ११ : ०६ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६