राजामौलीसँग रिसाएकी हुन् त आलिया ? « Khabarhub

राजामौलीसँग रिसाएकी हुन् त आलिया ?


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केहि दिन यता बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आइरहेको छ ।

फिल्म रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्म ’आरआरआर’ का पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आयो ।

उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । केहि दिन यता आइरहेको यस्तो खबरको बारेमा आलिया बोलेकी छिन् ।

उनले सामाजिक सञ्जाल मार्फत यो सब गलत रहेको बताएकी छिन् । ’इन्स्टाको ग्रिडको आधारमा सम्बन्धको बारेमा धारणा बनाउनु गलत हुन्छ । म सधै मेरो इन्स्टाबाट पुराना पोस्टहरु हटाउने गरेकी छु । म आरआरआरसँग जोडिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु । किनकी फिल्मलाई राजामौली सरले निर्देशन् गर्नु भएको छ’ आलियामा इन्स्टामा स्टोरी शेयर गर्दै लेखेकी छिन् ।

उनले आफूलाई  सिता बन्न् निकै मन लागेको बताएकी छिन् । साथै एन्टीआर र राम चरणसँग काम गर्न पनि उनलाई निकै खुसी लागेको बताएकी छिन् । ’म आरआरआरको सदस्य बन्न पाउँदा नै निकै उत्साहित छु । मैले राजामौली सरको निर्देशनमा काम गर्न पाए । यो नै एउटा एक्सपेरियन्स हो’ आलियाले उल्लेख गरेकी छिन् ।

उनले यो फिल्म बनाउन राजमौली र उनको टिमले धेरै वर्षसम्म मेहनत गरेकाले यससँग जोडेर गलत खबर नफैल्याउन समेत आग्रह गरेकी छिन् । फिल्ममा आलियाले सिताको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको लिड एक्ट्रेस उनि नै भएता पनि उनको दृश्य निकै कम छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : ०१ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका