अमेरिकी रणनीतिक भण्डारबाट १८ करोड ब्यारेल तेल निकाल्न बाइडेनको निर्देशन | Khabarhub Khabarhub

अमेरिकी रणनीतिक भण्डारबाट १८ करोड ब्यारेल तेल निकाल्न बाइडेनको निर्देशन


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभर उर्जाको मूल्य बढिरहेको अवस्थामा अमेरिकी रणनीतिक भण्डारणबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै हाल विश्वभर उर्जाको मूल्य बढिरहेको समयमा मूल्य समायोजनका लागि यस्तो निर्देशन दिएको ह्वाइट हाउसले जनाएको छ ।

यससँगै अमेरिकी रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेलको हिसाबमा आगामी छ महिनामा सबैभन्दा उच्च १८ करोड ब्यारेल तेल निकालिने जनाइएको छ ।
यद्यपि दैनिक १० लाख ब्यारेल तेलले मात्रै विश्व उर्जा संकट समाधान नहुने विश्लेषकहरुले बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताएको बीबीसीले जनाएको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल संकट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेको ह्वाइट हाउसको भनाइ छ ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, युरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ । 

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडेनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा समेत बनेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ०४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको