अमेरिकी रणनीतिक भण्डारबाट १८ करोड ब्यारेल तेल निकाल्न बाइडेनको निर्देशन « Khabarhub

अमेरिकी रणनीतिक भण्डारबाट १८ करोड ब्यारेल तेल निकाल्न बाइडेनको निर्देशन


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभर उर्जाको मूल्य बढिरहेको अवस्थामा अमेरिकी रणनीतिक भण्डारणबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै हाल विश्वभर उर्जाको मूल्य बढिरहेको समयमा मूल्य समायोजनका लागि यस्तो निर्देशन दिएको ह्वाइट हाउसले जनाएको छ ।

यससँगै अमेरिकी रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेलको हिसाबमा आगामी छ महिनामा सबैभन्दा उच्च १८ करोड ब्यारेल तेल निकालिने जनाइएको छ ।
यद्यपि दैनिक १० लाख ब्यारेल तेलले मात्रै विश्व उर्जा संकट समाधान नहुने विश्लेषकहरुले बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताएको बीबीसीले जनाएको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल संकट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेको ह्वाइट हाउसको भनाइ छ ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, युरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ । 

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडेनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा समेत बनेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ०४ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि