भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त « Khabarhub

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दिनभर व्यस्त रहे ।

आज दिउँसो नयाँ दिल्ली पुगेका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

त्यसलगतै देउवा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालय पुगेका थिए । प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए ।


त्यसपछि प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरबीचले भेटवार्ता गरेका थिए ।

देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका थिए । विदेशमन्त्री एस जयशंकरले यो भेटले नेपाल भारतको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

आजै राति प्रधानमन्त्री देउवा दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजमा पनि सरिक भए । भोजमा सम्बोधन गर्दै देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार हुने भेटवार्ता उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए ।

उनले भने, ‘नेपाल र भारतबीच सदियौं पुरानो मित्रवत् एवम् घनिष्ट सम्बन्ध रहेको छ । समय समयमा आदान–प्रदान हुने उच्चस्तरीय भ्रमणको माध्यमबाट यो सम्बन्धलाई अझ मजबुत एवं फलदायी बनाउन सकिने कुरामा म विश्वस्त छु ।’

देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ०८ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल