यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर « Khabarhub

यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार ४१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरी र आशीर्वाद क्षेत्रीलाई स्थान दिइएको छ । गिरीले वाचन गरेको कविताको अंशबाट टिजर सुरु हुन्छ ।

टिजरले फिल्मले ग्रामीण भेगको कथा उठान गरेको खुलाएको छ । एक परिवारलाई केन्द्रमा राखेर फिल्मको कथा उठान गरेको टिजरले संकेत गर्छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद र गिरीसहित निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापालगायत दर्जनभन्दा बढी कलाकारको अभिनय रहेको बताइएको छ ।

यस फिल्मको लेखक तथा निर्देशक सुदीप भुपाल सिंह हुन् । उनी सात वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ फिल्मको निर्देशन गरेका थिए । फिल्मको निर्मात रुबी सेन सिंह हुन् ।

फिल्मको छायाङ्कन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको निर्माण पक्षले जनाएको छ । प्रदर्शन मिति भने छिटै घोषणा गर्ने तयारीमा निर्देशक सिंह छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ४७ बजे

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली