यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर « Khabarhub

यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार ४१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरी र आशीर्वाद क्षेत्रीलाई स्थान दिइएको छ । गिरीले वाचन गरेको कविताको अंशबाट टिजर सुरु हुन्छ ।

टिजरले फिल्मले ग्रामीण भेगको कथा उठान गरेको खुलाएको छ । एक परिवारलाई केन्द्रमा राखेर फिल्मको कथा उठान गरेको टिजरले संकेत गर्छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद र गिरीसहित निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापालगायत दर्जनभन्दा बढी कलाकारको अभिनय रहेको बताइएको छ ।

यस फिल्मको लेखक तथा निर्देशक सुदीप भुपाल सिंह हुन् । उनी सात वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ फिल्मको निर्देशन गरेका थिए । फिल्मको निर्मात रुबी सेन सिंह हुन् ।

फिल्मको छायाङ्कन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको निर्माण पक्षले जनाएको छ । प्रदर्शन मिति भने छिटै घोषणा गर्ने तयारीमा निर्देशक सिंह छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ४७ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको